Nepal flag
 
No notice(s) added  
    
     
  नेपालीमा                Home : Check Mail   
VDCs Important Decisions Cooperative Organizations Awareness Campaign Gallery
 
Falgun 2066
SunMonTueWedThuFriSat
 1
2345678
9101112131415
16171819202122
23242526272829
  १६ औ जिल्ला परिषदको महत्वपुर्ण निर्णयहरु  
     

१६ औ जिल्ला परिषदबाट भएका महत्वपुर्ण निर्णयहरु

जिल्लाको दिर्घकालिन विकासको लागि त्रि- वर्षीय पन्च वर्षीय आवधिक जिल्ला विकास आयोजना, जिल्ला यातायात गुरु योजना {DTMP}बनाउने निर्णय गरिययो। साथै जिल्लाको लागि आवश्यक अन्य विषयगत गुरु योजना समेत तयार गर्ने निर्णय गरियो। यस कार्यको लागि परामर्श एकाई गठन गरि सहयोग लिने निर्णय गरियो।
बारा जिल्ला स्थित ४ वटा क्याम्पसलाई प्रति क्याम्पस २ दुई लाख अनुदान उपलब्ध गराउदै आएकोमा  ५० प्रतिशत थप गरि रु, ३ तीन लाख अनुदान सहयोग उपलब्ध गराउने नर्णय गरियो।
उच्च मा, वि, संचालनार्थ सहयोग गर्नका लागि प्रति विद्यालय एक लाख पचास हजार अनुदान सहयोग गर्ने निर्णय गरियो।
उच्च मा, वि, संचालन गर्न स्वीकृति लिने प्रयोजनका लागि आ, ब, २०६४/६५ मा लिइएको नीति अनुसार नै प्रति विद्यलय रु, १५००००/-अनुदान सहयोग गर्ने निर्णय गरियो। तर जुन आ,ब,म स्वीकृति लिईएको हो सो आर्थिक वर्षमा स्वीकृति लिने प्रयोजनको लागि तोकिएको रकम मात्र अनुदान वापत उपलब्ध गराइने छ।
आ, ब, २०६४/६५ मा नै स्वीकृति लिई सकेको तर जि, वि, स, बाट रकम प्राप्त गर्न नसकेका उच्च मा, वि, लाई २०६४/65  कै विनियोजित बजेट मा भएको व्यबस्था अनुसार रु एक लाख पचास हजार चालु आ,ब, ०६५/६६को बजेट बाट दिने नर्णय गरियो
गा,वि,स,भलुही भरवलियाको वार्ड न, २ मा स्थित ने,रा,प्रा,वि, लाई अनुदान रकम रु दुई लाख पचास हजारको परिधि भित्र छत निर्माण जि, वि,स,बाट गराउने निर्णय गरियो।
शिक्षा कार्यक्रम तर्फ प्रा,वि,र नि,मा,वि,मा, वि, तर्फ छुट्याईएको अनुदान को सहयोगको रकम विवरण समन्धमा जिल्ला शिक्षा कर्यलय लगायत अन्य सम्बन्धित निकायसँग समन्वय गरि जि, ब,स, बैठकबाट नर्णय गरि क्रमस कार्यन्वयन गर्ने निर्णय गरियो।
जिल्ला स्थित सरकारी स्कुल {समुदायीक समेत}बाट २०६४ सालके प्रवेशिका परिक्षामा उच्चतम अंक प्राप्त गर्ने बढिमा एकसय जना छात्रालाई उच्च शिक्षाको लागि भर्ना हुन सहयोग स्वरुप रु, २०००/-आर्थिक सहयोग गर्ने निर्णय गरियो।
जिल्लामा रहेका पुस्तकालयहरुको प्रभावकारी संचालनार्थ र नयाँ पुस्तकालय स्थापना गर्न जि,वि,स, बोर्डबाट निर्णय भएअनुसारको अनुदान सहयोग दिने निर्णय गरियो।
१० कृषि शिक्षा, खेलकुद साहित्य संस्कृति र पत्रकारिता क्षेत्रको उन्नतिमा योगदान गर्ने व्याक्तित्वलाई जि,वि,स, बैठकबाट निर्णय गरि संलग्न अनुसुचिमा उल्लेखित भएअनुसार पुरस्कार एवं सम्मान वितरण कार्यक्रम आयोजना गर्ने निर्णय गरियो।
११ बारा उद्योग वाणिज्य संघ, जिल्ला कृषि विकस कार्यलय, बारा लगाएत अन्य सम्बन्धित निकायहरुको सहकार्यमा बारा महत्सव, बारा कृषि महत्सव र अन्य महत्सवहरु जि,वि,स,बैठकबाट निर्णय गरि संचालन गर्ने गराउने निर्णय गरियो।
१२ रामराजा क्यामपसमा निर्माणाधिन दलित छात्रावासको लागि रकम रु, ५ पाँच लाख जिविस कोष बाट विनियोजन गर्ने र प्रत्येक गा, वि,स, बाट रु १० हजार को दरले सो रकम को लागि सहयोग माग गर्ने नर्णय गरियो। उक्त छात्रावास जि,वि,स,  बाराले निर्माण गराउने निर्णय गरियो।
१३ अधुरो कभर्ड हल {तेक्यान्डो}को लागि रकम विनियोजन गरि जि,वि,स, बाट निर्माण गराउने र तेक्यान्डो, क्रिकेट बासकेटबल फुटबल, कवडी, सितेरिया कराते लगायतका खेलकुद विकासको लागि एक मुस्ट रकम विनियोजन गरि जि,वि,स,बाट निर्णय गरि कार्यन्वयन गर्ने निर्णय गरियो।
१४ जिल्लामा विभिन्न खेलकुद विकासको लगि जिल्ला स्थरिय कर्वड हल निर्माण गर्न उच्च प्रथामिकता दिई पहल गर्ने निर्णय गरियो
१५ जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यलय, नगरपालिका तथा सम्बन्धित निकाय सँग समन्वय गरि स्वास्थ्य जनसंख्या सम्बन्धि देहाय अनुसारको कार्यक्रम संन्चालन गर्ने निर्णय गरियो। जनसंख्या नियन्त्रण तथा परिवार नियोजन, स्वास्थ्य तथा सरसफाई पाठेघर उपचार,आखा उपचार, रेविज नियन्त्रन आदि सम्बन्धि।
१६ जि,वि,स,मा एम्वुलेन्स संचालन गर्न एम्बुलेन्स थान एक को लगि उपयुक्त दातृ निकाय पहिचान गरि उक्त निकायमा अनुदान सहयोग को लागि अनुरोध गर्ने निर्णय गरियो।
१७ नेपाल पत्रकार माहसंघ जिल्ला कार्य समिति बारा को विकास को लागि सन्चार कार्यक्रम अन्तर्गत कम्प्युटर, फ्याक्स,प्रिन्टर, स्केनर र एक लाइन टेलिफोन सेट सहितको जडान खर्चको लागि बाडि मा रु,१,२००००/-अनुदान उपलब्ध गराउने निर्णय गरियो।
१८ नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति बारा ले जग्गाको व्यवस्था गरेमा हलनिर्माणको लागि बाढिमा रु,१,२५,०००/-हल निर्माणमा सहयोग गर्ने निर्णय गरियो।
१९ जिल्ला स्थित पत्रकारिता क्षेत्रमा कार्यरत नेपाल पत्रकार महासंघ लगाएत सम्पुर्ण संघ संस्थालाई जि,वि,स,को बोर्ड बैठकबाट बाडफाड गर्ने गरि कार्यक्रम संचालनमा सहयोग गर्न रु, १,२५,०००/-विनियोजन गर्ने निर्णय गरियो
२० जिल्ला विकास समितिले तयार गरेका आवधिक जिल्ला विकास योजनाको परिकल्पना र सो ले तय गरेका प्राथमिकताका क्षेत्रहरुलाई आ,ब,२०६५/०६६ को जिल्ला विकास योजना तयार पार्दा प्राथमिकता दिने र सोहि अनुसार कार्यन्वयन गर्ने गराउने निर्णय गरियो।
२१ आगमि आ,ब,२०६५/०६६ को जिल्ला विकास योजना तयार गर्दा जिल्ला स्थित गैसस तथा राजनैतिक दल नागरिक समाज तथा अन्य वर्ग समुदायबाट आएका शुझाबहरुलाई यथाशक्य समावेस गर्ने निर्णय गरियो।
२२ अन्तर्राष्टिय राष्टिय गैर सरकारि संघ संस्थाले जिल्लामा काम गर्दा जिविसको आग्रिम स्वीकृति लिएर मात्र कार्यक्रम सन्चालन गर्ने निर्णय गरियो।    
 
     
© 2009 A.D. || All rights reserved