७. ऐतिहासिक हलखोरिया दह :- रतनपुरी गा.वि.स.मा अवस्थित, महेन्द्र राजमार्गको पसाहा पुल भन्दा करीब
५ कि.मि.उत्तरमा चारकोशे झाडीको बिच भागमा । क्षेत्रफल: करीब १००-१५० विगाहा
८. रनिवास मन्दिर:- बार्हौ शताब्दीमा तत्कालीन स्रि्रौनगढ राज्यका राजा शिवसिंहको राजदरबार रहेको स्थल । वि.सं. १९७७ मा श्री ३ जंगबहादुर राणाका छोरा जगतजंगले दरबार भत्काएर रनिवास नामक मन्दिर बनाउन लगाए । त्यस मन्दिर भित्र राम जानकिको मन्दिर रहेको छ । मन्दिर परिसर -बगैचा समेत) को क्षेत्रफल १७ विगाहा १३ कठ्ठा ५ धुर रहेको छ ।
९. काँटघाट स्थित सहजनाथ महादेव मन्दिरः- हरैया गा.वि.स.मा अवस्थित, महेन्द्र राजमार्ग, पथलैया-निजगढ खण्डको करीब बिच भागबाट दक्षिणतर्फ११ कि.मि.को दुरीमा । यो धार्मिक क्षेत्र करीब २५-३० विगाहा क्षेत्रफलमा फैलिएको छ ।
१०. झरौखर पोखरीः स्रि्रौनगढ क्षेत्रको करीब २ कि.मि. पर्ूवमा कचोर्वा गा.वि.स.को वडा नं. ९ मा अवस्थित, नेपाल भारत सिमाना -दश गजा) को समिपमा । करीब ८०० वर्षपुरानो मानव निर्मित यो पोखरीको क्षेत्रफल २९ विगाहा १९ कठ्ठा रहेको छ । वि.सं. २०३५ सालदेखि कचोर्वा गा.वि.स.ले यो पोखरीलाई माछापालनको लागि ठेक्कामा लगाउँदै आएको छ ।
११. ऐतिहासिक श्री सिद्धेश्वर संस्कृत मा.वि.,कलैयाः कलैया न.पा.वडा नं. ४ भवानीपुरमा अवस्थित, सिद्धेश्वर चोकबाट सिद्धेश्वर मार्गतर्फ। विद्यालय परिसरको कुल क्षेत्रफल ८ विगाहा भन्दा बढी रहेको । विद्यालय परिसरमा वि.सं. १९९१ मा गोपाल ब्रहृमचारीद्धारा स्थापित सिद्धेश्वर महादेव मन्दिर, ३ विगाहा भन्दा बढी क्षेत्रमा आकर्ष बगैंचा -गोपाल बाग बगैंचा) र करीब १५ कठ्ठामा शिवसरोवर नामक एक कलात्मक पोखरी रहेको छ । यो विद्यालयको स्थापना वि.सं. १९९६ सालमा भएको हो । शिवरात्री र छठ पर्वको अवसरमा यहाँ ठूलो मेला लाग्छ । वि.संं २०२० सालसम्म संस्कृतमा आचार्य सरहसम्मको शिक्षा प्रदान हुँदै आएको यो विद्यालयमा वि.सं.२०५६ सालबाट संस्कृत र नेपाली दुवै पाठ्यक्रममा एस.एल.सी.सरहसम्मको पठनपाठन हुने गर्दछ ।
१२. बारागढी: उमजन गा.वि.स.को वडा नं.४ मा अवस्थित, कलैया देखि १३ कि.मि.पर्ूवमा । क्षेत्रफल ः करीब ५ विगाहा । यहाँ विवाह पञ्चमीको दिन प्रत्येक साल भव्य मेला लाग्छ । यहि बारागढीको नामबाट यस जिल्लाको नामाकरण गरिएको अडकल गरिन्छ ।
१३. कोइलामन: हरिहरपुर गा.वि.स.को गँगानगर टोलदेखि पश्चिममा अवस्थित यो ठाँउ यो स्रि्रौनगढ क्षेत्रमा रहेको एउटा महत्वपुर्ण ठाँउ हो । सन् १०६७ मा नान्यदेव -स्रि्रौनगढका प्रथम राजा) ले तिरहुतलाई स्वतन्त्र राज्य घोषणा गर्दा नान्यपुरी छाडेर स्रि्रौनगढलाई राजधानी बनाई राज्य स्रि्रौनगढमा ५२ गण्डा पोखरी बनाएका थिए । ती पोखरीहरु मध्ये केही पोखरीहरु अझै पनि जिर्ण्र्ाावस्थामा रहेका छन् । स्रि्रौनगढको मूल ढोकाको रुपमा प्रयोग हुने कोइलामन नामको ठूलो दह थियो । यसै दहबाट डुङ्गा चढी ढोका प्रवेश गरिन्थ्यो ।
१४. पत्थरको पिलर: अमृतगंज गा.वि.स.को वडा नं. ३ मा अवस्थित, रनिवास मन्दिरदेखि ७-८ सय मिटर पश्चिम उत्तरमा रहेको । सिमन्टेड चट्टानले बनेको यो पिलरको मुख्य विशेषता के हो भने वषर्ा याममा जति धेरै पानी परे पनि यो पिलर र यसको सतहमुनिका चट्टान पानीले डुब्ने गर्दैन ।
१५. कोतवाल: यो ठाँउ लक्ष्मीपुर कोतवाली गा.वि.स.को वडा नं. ७ मा अवस्थित छ, स्रि्रौनगढ बजारदेखि ३ कि.मि. उत्तर पश्चिम कुनामा । स्रि्रौनगढ राज्यको सुरक्षाको लागि नोनाचर नामको दर्ुग -पहरेदार) यहाँ राख्ने व्यवस्था थियो । करीब २४ कठ्ठामा फैलिएको र लगभग ६०-७० मिटर अग्लो ढिस्कोको रुपमा रहेको यस कोतवाल क्षेत्रबाट पाले कराउँदा सिङ्गै स्रि्रौनगढ भित्र आवाज सुनिन्थ्यो । हाल उक्त ढिस्को माथि एउटा रामजानकीको मन्दिर निर्माण गरिएको छ ।