Nepal flag
 
» शुभकामना        » शुभकामना        
  + अरु सुचनाहरु पढ्नुहोस्   
     
  View In English                होमपेज : ईमेल चेक   
गाविसहरु महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनच‌ेतना अभियान फोटो ग्यालरी परिकल्पना तथा लक्ष्य धार्मिक तथा पर्यटकिय स्थलहरु १६औ जिल्ला परिषदको महत्वपुर्ण निर्णयहरु
 
फागुण २०६६
सोमंबुबिशु
 ०१
०२०३०४०५०६०७०८
०९१०१११२१३१४१५
१६१७१८१९२०२१२२
२३२४२५२६२७२८२९
  धार्मिक तथा पर्यटकिय स्थलहरु  
     

बारा जिल्लाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरुको संक्षिप्त परिचय (श्रोत : जि.वि.स.बारा)
 
 १. कंकाली मन्दिर स्रि्रौनगढ क्षेत्रको गोलागंज गा.वि.स. वडा नं. ७ मा अवस्थित । क्षेत्रफल : करीब १० कठ्ठा । श्री ५ गिर्वाणयुद्ध वीर विक्रम शाहदेवले निर्माण गराएका । मन्दिर परिसरमा वि.सं.१९३५, १९६६ र २०५१ सालमा उत्खनन गर्दा प्राप्त सामानहरु राखिएको एक संग्राहलय रहेको छ ।
 
 २. कंकाली मन्दिर निजक रहेकोर् इशरा पोखरी स्रि्रौनगढ क्षेत्रको गोलागंज गा.वि.स. वडा नं. ७ मा अवस्थित । क्षेत्रफल : करीब ७ विगाहा । १२औ शताब्दीमा राजा शिवसिंहले निर्माण गराएका ।
 ३. श्री चुरीया माई मन्दिर महेन्द्र राजमार्ग तथा त्रिभुवन राजमार्ग -वीरगंज(काठमाण्डौ) को बारा र मकवानपुर जिल्लाको सिमानामा अवस्थित । ती राजमार्गमा चल्ने सवारी साधन र हजारौं यात्रुहरुको रक्षकको रुपमा यो मन्दिर प्रसिद्ध छ । यो मन्दिरको नजिकैबाट चुरे पहाडलाई पार गदै हेटौडा नगर प्रवेश गर्न सकिने सुरुङ्ग मार्ग रहेको छ । जुन मार्ग हाल चर्किएको, जिर्ण्र्ाा बन्द अवस्थामा छ ।
 
 ४. श्री जीतपुर गढीमाई मन्दिर छातापिपरा(३ मा अवस्थित । स्थापना वर्ष: वि.सं.२०१२ साल । त्रिभुवन राजमार्गको वीरगंज(पथलैया खण्डको सडक छेवैमा रहेको । यो मन्दिर परिसरको करीब २० मिटर पर्ूवमा बग्ने कियासुत नामको नदीले बारा र पर्सर्ााजल्लालाई छुट्टाएको छ । यहाँ प्रत्येक बडादशैंको अवसरमा भव्य मेला लाग्ने गर्दछ ।
 
 ५. सनुखिया माई स्रि्रौनगढका राजा शिवसिंहको पुरानो राजदरबारको अवशेष । राजा शिवसिंहकी रानी बेहुली हुँदा चढेको पालकि त्यहाँ आँउदा जमिन मुनि ध्वस्त भएकोले यस ठाँउलाई पलकिया माई पनि भन्ने गरिन्छ । यस ठाँउमा सन्दुक -बाकस) को रुपमा पत्थरको कलात्मक शिला रहेको छ ।
 
 ६. गढीमाई मन्दिर :( बरियारपुर गा.वि.स.मा अवस्थित, कलैयाबाट ६ कि.मि. पर्ूवमा । मन्दिर परिसरको क्षेत्रफल
 : करीब ८ कठ्ठा । प्रत्येक ५(५ वर्षा एक महिनासम्म भव्य मेला लाग्ने ठाँउ । यो मेला सम्भवत: संसारकै सबैभन्दा
 धेरै बली चढाइने मेला हो । मन्दिर स्थापनाको सम्बन्धमा रहेको किंवदन्ती : करीब ४ सय वर्षपहिले भगवान दास
 चौधरी नाम गरेको एक निरपराध बन्दीले मकवानपुरगढीकी तलुजा भवानी -अर्थात गढीमाई) लाई रात्रीको समयमा
 बरियारपुर ल्याई प्रतिष्ठापन गरेको किंवदन्ती रहेको ।

७. ऐतिहासिक हलखोरिया दह :- रतनपुरी गा.वि.स.मा अवस्थित, महेन्द्र राजमार्गको पसाहा पुल भन्दा करीब

५ कि.मि.उत्तरमा चारकोशे झाडीको बिच भागमा । क्षेत्रफल:  करीब १००-१५० विगाहा

८. रनिवास मन्दिर:- बार्‍हौ शताब्दीमा तत्कालीन स्रि्रौनगढ राज्यका राजा शिवसिंहको राजदरबार रहेको स्थल । वि.सं. १९७७ मा श्री ३ जंगबहादुर राणाका छोरा जगतजंगले दरबार भत्काएर रनिवास नामक मन्दिर बनाउन लगाए । त्यस मन्दिर भित्र राम जानकिको मन्दिर रहेको छ । मन्दिर परिसर -बगैचा समेत) को क्षेत्रफल १७ विगाहा १३ कठ्ठा ५ धुर रहेको छ ।

९. काँटघाट स्थित सहजनाथ महादेव मन्दिरः- हरैया गा.वि.स.मा अवस्थित, महेन्द्र राजमार्ग, पथलैया-निजगढ खण्डको करीब बिच भागबाट दक्षिणतर्फ११ कि.मि.को दुरीमा । यो धार्मिक क्षेत्र करीब २५-३० विगाहा क्षेत्रफलमा फैलिएको छ ।

१०. झरौखर पोखरीः स्रि्रौनगढ क्षेत्रको करीब २ कि.मि. पर्ूवमा कचोर्वा गा.वि.स.को वडा नं. ९ मा अवस्थित, नेपाल भारत सिमाना -दश गजा) को समिपमा । करीब ८०० वर्षपुरानो मानव निर्मित यो पोखरीको क्षेत्रफल २९ विगाहा १९ कठ्ठा रहेको छ । वि.सं. २०३५ सालदेखि कचोर्वा गा.वि.स.ले यो पोखरीलाई माछापालनको लागि ठेक्कामा लगाउँदै आएको छ ।

११. ऐतिहासिक श्री सिद्धेश्वर संस्कृत मा.वि.,कलैयाः कलैया न.पा.वडा नं. ४ भवानीपुरमा अवस्थित, सिद्धेश्वर चोकबाट सिद्धेश्वर मार्गतर्फ। विद्यालय परिसरको कुल क्षेत्रफल ८ विगाहा भन्दा बढी रहेको । विद्यालय परिसरमा वि.सं. १९९१ मा गोपाल ब्रहृमचारीद्धारा स्थापित सिद्धेश्वर महादेव मन्दिर, ३ विगाहा भन्दा बढी क्षेत्रमा आकर्ष बगैंचा -गोपाल बाग बगैंचा) र करीब १५ कठ्ठामा शिवसरोवर नामक एक कलात्मक पोखरी रहेको छ । यो विद्यालयको स्थापना वि.सं. १९९६ सालमा भएको हो । शिवरात्री र छठ पर्वको अवसरमा यहाँ ठूलो मेला लाग्छ । वि.संं २०२० सालसम्म संस्कृतमा आचार्य सरहसम्मको शिक्षा प्रदान हुँदै आएको यो विद्यालयमा वि.सं.२०५६ सालबाट संस्कृत र नेपाली दुवै पाठ्यक्रममा एस.एल.सी.सरहसम्मको पठनपाठन हुने गर्दछ ।

१२. बारागढी: उमजन गा.वि.स.को वडा नं.४ मा अवस्थित, कलैया देखि १३ कि.मि.पर्ूवमा । क्षेत्रफल ः करीब ५ विगाहा । यहाँ विवाह पञ्चमीको दिन प्रत्येक साल भव्य मेला लाग्छ । यहि बारागढीको नामबाट यस जिल्लाको नामाकरण गरिएको अडकल गरिन्छ ।

१३. कोइलामन: हरिहरपुर गा.वि.स.को गँगानगर टोलदेखि पश्चिममा अवस्थित यो ठाँउ यो स्रि्रौनगढ क्षेत्रमा रहेको एउटा महत्वपुर्ण ठाँउ हो । सन् १०६७ मा नान्यदेव -स्रि्रौनगढका प्रथम राजा) ले तिरहुतलाई स्वतन्त्र राज्य घोषणा गर्दा नान्यपुरी छाडेर स्रि्रौनगढलाई राजधानी बनाई राज्य स्रि्रौनगढमा ५२ गण्डा पोखरी बनाएका थिए । ती पोखरीहरु मध्ये केही पोखरीहरु अझै पनि जिर्ण्र्ाावस्थामा रहेका छन् । स्रि्रौनगढको मूल ढोकाको रुपमा प्रयोग हुने कोइलामन नामको ठूलो दह थियो । यसै दहबाट डुङ्गा चढी ढोका प्रवेश गरिन्थ्यो ।

१४. पत्थरको पिलर: अमृतगंज गा.वि.स.को वडा नं. ३ मा अवस्थित, रनिवास मन्दिरदेखि ७-८ सय मिटर पश्चिम उत्तरमा रहेको । सिमन्टेड चट्टानले बनेको यो पिलरको मुख्य विशेषता के हो भने वषर्ा याममा जति धेरै पानी परे पनि यो पिलर र यसको सतहमुनिका चट्टान पानीले डुब्ने गर्दैन ।

१५. कोतवाल: यो ठाँउ लक्ष्मीपुर कोतवाली गा.वि.स.को वडा नं. ७ मा अवस्थित छ, स्रि्रौनगढ बजारदेखि ३ कि.मि. उत्तर पश्चिम कुनामा । स्रि्रौनगढ राज्यको सुरक्षाको लागि नोनाचर नामको दर्ुग -पहरेदार) यहाँ राख्ने व्यवस्था थियो । करीब २४ कठ्ठामा फैलिएको र लगभग ६०-७० मिटर अग्लो ढिस्कोको रुपमा रहेको यस कोतवाल क्षेत्रबाट पाले कराउँदा सिङ्गै स्रि्रौनगढ भित्र आवाज सुनिन्थ्यो । हाल उक्त ढिस्को माथि एउटा रामजानकीको मन्दिर निर्माण गरिएको छ ।

 

   
 
     
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित